After header

स्थानीय तह निर्वाचन: सिन्धुपाल्चोकका स्थानीय तहमा तोकिए मतदान अधिकृत

सिन्धुपाल्चोक । आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले सार्वजनिक सूचना मार्फत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको हो ।

जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतका ज्येष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । अन्य स्थानीय तहमा जिल्ला न्यायाधीशन्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकिएको छ ।

आयोगले यही चैत मसान्तदेखि वैशाख २ गतेसम्म सबै निर्वाचन अधिकृतलाई चुनावका लागि अभिमुखीकरण तालिम पनि दिइने जनाएको छ । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सिन्धुपाल्चोकका १२ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

सिन्धुपाल्चोकमा तोकिएका निर्वाचन अधिकृतहरूः
 चौतारा साँगाचोकगढी नगरपालिकाः माननीय जिल्ला न्यायाधीश चन्द्र प्रकाश तिवारी
 मेलम्ची नगरपालिकाः  जिल्ला न्यायाधिवक्ता नीमा घिमिरे
 बाह्रबिसे नगरपालिकाः  जिल्ला अदालतका स्रेस्तेदार राजेन्द्रप्रसाद वाग्ले
 इन्द्रावती गाउँपालिकाः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सृजना तिवारी
 हेलम्बु गाउँपालिकाः  भूमि ब्यवस्था मन्त्रालयका उपसचिव गुणराज श्रेष्ठ
 पाँचपोखरी थाङ्पाल गाउँपालिकाः संघीय मामिला मन्त्रालयका उपसचिव कृष्ण प्रसाद सुवेदी
 जुगल गाउँपालिकाः मालपोत कार्यालयसिन्धुपाल्चाेकका प्रमुख चण्डीराज कोइराला
 बलेफी गाउँपालिकाः भूमि ब्यवस्था तथ अभिलेख विभागका उपसचिव स् रोशन शंकर घिमिरे
 सुनकोशी गाउँपालिकाः कृषि मन्त्रालयका उपसचिव बिन्दा आचार्य
१० लिशंखुपाखर गाउँपालिकाः राजश्व न्यायाधीकरणको उपसचिव महेन्द्र बहादुर कार्की
११ त्रिपुरासुन्दरी गाउँपालिकाः महालेखा कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य
१२ भोटेकोशी गाउँपालिकाः सह महान्यायाधिवक्ता कार्यालयका उप न्यायाधिवक्ता खणिन्द्रराज कटुवाल

एक पटक पढ्नुहोस