काठमाडौँ — सत्ता गठबन्धनको मंगलबारको बैठकले स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमनका लागि समिति गठन गरेको छ । गठबन्धनले निर्वाचन परिचालन तथा अनुगमन समितिको नेतृत्वको जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेललाई दिएको छ ।

यसैगरी सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले कोभिडपछि धरमराएको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका थिए ।
चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे निर्णय गर्नका लागि प्रदेश, नगरपालिका र वडाबाट प्रतिवेदन आउँदै गरेकाले आगामी छलफलबाट टुंगो लाग्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।