After header

वडाध्यक्ष श्रेष्ठ नेकपा एसमा प्रवेश

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले श्रेष्ठलाई स्वागत गरेको महानगर इन्चार्ज सागर नेपालले बताए ।

गएको स्थानीय तह चुनावमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए । २०३८ र २०४९ मा सालमा स्वतन्त्र रुपमा वडाध्यक्ष जितेका श्रेष्ठ काठमाडौंका पुराना वामपन्थी नेता हुन् ।

एक पटक पढ्नुहोस