After header

गठबन्ध नगर्ने भन्दै तिन जनाको नाम सिफारिस

लावध्वज तामाङ

बनेपा/यही २०७९ बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा केन्द्रले गठबन्धन गरेर अघि बढ्ने निर्णय गरे पनि जिल्ला तहमा भने लागु हुने सम्भावना कम देखिएको छ । बनेपा नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसले कुनै पार्टी सगपनि गठबन्धन नगर्ने भन्दै वडाले तिन जनाको नाम सिफारिस गरेको छ ।

आफ्नो वडामा कुनै पार्टी सग पनि गठबन्धन नगरे पनि राम्रो उम्मेदवारलाई टिकट दिए नेपाली काग्रेसले जित्ने वडा नं. ६ जित्ने एक काग्रेसका क्रियाशिल सदस्यले बताए । शुक्रबार वडाको बैठकबाट कुनै पार्टी सग पनि गठबन्धन नगर्ने निर्णय गदै वडा अध्यक्षका लागि जनक तिमल्सिना, श्यामचन्द्र श्रेष्ठ र कृष्णबुद्ध बजगाईलाई वडाले सिफारिस गरेको छ । वडा नं. ६ का लागि युवा नेता, युवा व्यवसायी,वडा नं. ६ का हरेक जनताको सहयोग जनक तिमल्सिनाको नाम सिफारिस नेपाली काग्रेस वडा नं. ६ ले गरे सगै त्यहा युवा उत्साहित हुदै तिमल्सिना नै यस वडामा आवश्यक र सबैको मन जित्न सफल भएकाले उनलाई नै टिकट दिनु पर्ने समेत एक स्थानियले बताए ।

अहिलेको परिस्थिीतमा यस पटक जनक तिमल्सिनाले टिकट काग्रेसले दियो भने हरेक न्युटन मत पनि उनलाई आउने र यस वडाका समाजसेवी समेत रहेका तिमल्सिनाले चुनाव जित्ने पक्कापक्की रहेको उनको भनाई थियो । तिमल्सिना युवा व्यवसायी, पार्टीका लागि धेरै दुख गरेर हिडेका एक असल कार्यकर्ता समेत रहेकाले उनी यसपटक टिकट उनले पाउनु पर्ने र जित्ने उम्मेदवार हेरेर पार्टीले टिकट दिनु पर्ने समेत उनले बताए ।

एक पटक पढ्नुहोस