घरको पनि बिहे गर्ने संस्कार !

घरको पनि बिहेः 

दैलेखको ठाटिकाँध गाउँपालिका-१ मा स्थानीय परम्परा अनुसार एउटा परिवारको घरको बिहे गरिँदैको फोटो।             

स्थानीय संस्कार अनुसार मानिसको जस्तै विधि पुर्‍याएर घरको बिहेमा आँगनमा राखिएको मण्डललाई घरका सबै मानिसले पूजा गर्नुपर्ने चलन छ। धागोमा आँप र पिपलको पात घरको बीच पाखामा राख्ने गरिन्छ। घरअगाडि आँगनदेखि धुरी सेतो कपडामुनि घर मालिक र मालिक्नीलाई राखिन्छ। घरको धुरीमा लोटाबाट मिस्त्रीले पानी खन्याएर श्रीमान र श्रीमतीलाई नुहाएर घर शुद्ध गर्ने परम्परागत चलन छ।    घरको वरिपरि सेतो कमेरो र रातो माटोले पोतिन्छ। बोकाको बली दिएर भोजभतेर गरिन्छ। जसलाई स्थानीय भाषामा पछेटा भनिन्छ। पछेटा नभएको घरमा रातो माटो र कमेरो लगाउन पाइँदैन।

एक पटक पढ्नुहोस