बनेपा/स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा दलहरु आफनो पक्षमा टिकट ल्याउन दौडधुप शुरु भएको छ । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि बैशाख ११ र १२ मनोनयन दर्ता रहेको छ । तर आज ४ गते सम्म पनि कुनै पनि पार्टी उम्मेदवार टुगो लगाउन सकेको छैन् । सबैको चासो र आकाक्षी रहेको व्यपारी नगरिए बनेपामा कस्ले मेयरको टिकट ल्याउने र बनेपाको मेयर बन्ने भन्ने दाउमा सबै दलका नेताहहरु यति बेला दौडधुपमा लागि परेका छन् ।
कस्ले टिकट ल्याउने र बाजी मर्ला
बनेपा नगरपालिकामा यति बेला कुनै पनि पार्टीले मेयरको टुगो लगाउन सकेको छैन् । नेपाली काग्रेस भित्र पनि धेरैको आकाक्षी रहेका कारण काग्रेसले पनि बनेपा नगरमा मेयरको टुगो लगाउन सकेको छैन भने एमाले पनि काग्रेसको को उम्मेदवार आउछ अनि निर्णय गर्ने भनी हेर र पक्क रहेकाले यति बेला मेयरको निर्णय हुन सकेको छैन् । काग्रेसबाट अब्बल उम्मेदवार सुरकृष्ण वैद्य आउने चर्चा भई रहदा एमाले समेत हचकिएको छ ।

बनेपा मेयरका लागि काग्रेस बाट १६ जना आकाक्षी रहेकाले ति मध्ये सुरकृष्ण वैद्यको टिकट आउने सम्भावना रहेको कारण बनेपा नगरका बासिन्दा खुशी भएका छन् । अहिलेको अवस्थामा बनेपाका लागि सबैको मन मुटुमा बस्न सफल एवं सहयोगी काग्रेसका युवा नेता सुरकृष्ण वैद्यको विकल्व कोही नहुने वडा नं. १३ का एक ब्यक्तिले बताए । पार्टीको मत छदैछ त्यो भन्दा उहालाई स्वन्तत्र मत समेत उहाले पाउनु हुन्छ उनले बताए । यति बेला उहाजतिको उम्मेदवार बनेपा काग्रेसका लागि कोही नहुने बनेपा वडा नं ६ का स्वतन्त्र एक ब्यक्तिले बताए । म कुनै पार्टीको सदस्यता लिएको छैन , तर सुरकृष्ण वैद्य जस्तो ब्यक्तिले बनेपा हाक्ने हो भने म लगायत सयौ सख्यामा स्वतन्त्र रहेका ब्यक्तिको मत उहालाई नै जाने उनले बताए ।

यहा विकास प्रेमी,सबैको मन मुटुमा बस्न सफल ब्यक्ति हुनुहुन्छ । पार्टी त छदैछ तर यस पटक ब्यक्ति पनि हेर्न आवश्यक रहेको उनले बताए । सबैले यति बेला बुझ्न आवश्यक छ, कुनै नेता बोकेर हिडदैमा टिकट दिने र ब्यक्तिको हिजोको दिन नहेरी आज टिकट पाउछु भन्दैमा हुदैन् त्यो भोलि टिकट दिने निकायले बुझ्नु हुन्छ होला वडा नं. ८ का एक ब्यक्तिले नाम नबताउने सर्तमा हामीलाई बताए ।यति बेला पार्टीले पनि निर्णय गर्ला को कस्तो मान्छेलाई बनेपामा टिकट दिदाँ बनेपाको मेयर जित्छ भनेर । काग्रेसले बनेपाको मेयर जित्ने हो र सबैलाई मिलाएर एक ढिक्का बनाएर लान सक्ने भनेको यो समय र यति बेला कागे्रस भित्र सुरकृष्ण वैद्य बाहेक कोही नभएको र बनेपाको मेयर जित्ने पनि उनै मात्रै एक पात्र हुन उनले बताए । सुरकृष्ण उठ्ने भएपछि बनेपामा एमालेको पनि सातो गएको बताउदै उनी बाहेक अरुले मेयरको टिकट पाए भने फेरी पनि बनेपामा जित्न गाह्रो रहेको उनले बताए ।
बनेपा नगरले खोजेको र रोजेका भावि मेयर सुरकृष्ण को हुन ?
बनेपा नगरपालिकाका लागि यहि बैशाख ३० गते उन गईरहेको स्थानिय तहको निर्वाचनका लागि नेपाली काग्रेसका तर्फबाट मेयरका अब्बल उम्मेदवार सुरकृष्ण वैद्य आम बनेपा बासीका मनमुटुमा बस्न सफल ब्यक्ति हुन् । उनी पार्टी देखि जनता सम्म प्रत्यक्ष सरोकार राख्ने ब्यक्ति हुन् । उनी नेपाली काग्रेसका क्रियाशिल सदस्य भएपनि सबैलाई उनले सम्मान व्यवहार गर्ने मान्छे हुन् । कसैलाई अठरो परो भने उनीले पार्टीको नहेरी पहिला सहयोग गर्ने बानी रहेका वैद्यलाई त्यही भएर सबैले मनपराएका ब्यक्ति हुन् ।

१७ वर्ष काभ्रेको यातायात क्षेत्र अघि बढाए सबै यातायात मजदुरहरु मन मुटुमा बस्न सफल भएका ब्यक्ति हुन् । काभ्रे उद्योग वाणिज्य संघको महासचिव हुदै अध्यक्ष भई समग्र उद्योग व्यवसायीको हक हितमा काम गरेको अनुभव समेत बटुलेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको दुई कार्यकाल केन्द्रीय सदस्य रहदाँ जिल्लामा धेरै उद्योगीलाई सहयोग र बनेपामा क्षेत्रका लागि सामाजिक कार्य समेत गरेका छन् । नेपाल परिवार नियोजन संघको जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य समेतको जिम्मेवारी लिई बनेपाका लागि धेरै सामाजिक काम गरेका ब्यक्ति हुन् । उनले बनेपामा केही गरि खाउ भन्नेलाई सहकारी मार्फत यहाको व्यापार व्यवसायमा गर्न सहयोग गदै आएका समेत छन् । चण्डेश्वरी मन्दिरको पुर्ननिर्माण र बनेपाको रेयुकाई आँखा अस्पताल निर्माणमा समेत उल्लेख्य योगदान पु¥याएका वैद्य शिक्षा क्षेत्रमा समेत कार्य गर्दै आएका वैद्यले न्युन आय भएका व्यक्तिहरुलाई अध्ययन अध्यापन समेत गराईरहेका छन् ।

वैद्यले भुकम्पको बेलामा यहाका आम जनतालाई राहत सहित सेवा गरेका थिए । बसाई सराईबाट जिल्लाभरी बाट बनेपा आएका व्यक्तिहरुको समेत सबैको सहयोगी रहेका उनले सबैलाई सामाजिक काम गरेर मन जित्न सफल भएका ब्यक्ति हुन् । बनेपा नगरपालिकामा १ देखि १४ वडा सम्म बच्चा देखि बुढाबुढी, युवा, व्यवसायीसबैको मनमुटुमा बस्न सफल भएका ब्यक्ति हुन् ।
