यौनलिला गरेपछि भाइ मार्ने युवतीले गरिन् हिरासतमै आत्महत्या

सिहारा, १२ कात्तिक । सिरहा कर्जन्हा नगरपालिकाका १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेकी सिरहा कर्जन्हा २ की १६ प्रियंका यादबले प्रहरी हिरासतमा नै आत्महत्या गरेकी छन् । आफ्नै भाईको हत्या आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको केही घण्टा नवित्दै प्रियंकाले आत्महत्या गरेकी छन् ।

प्रियंका यादवले विष्णुपुर प्रहरी चौकीको हिरासत कक्षको बाथरुममा आइतबार साँझ आत्महत्या गरेकी प्रहरीले जनाएको छ । बाथरुममा छिरेकी प्रियका लामो समयसम्म ननिस्किएपछि खोजी गर्दा भेन्टिीलेसनको ग्रीलमा सलको पासो लगाएर झुण्डिएकहो अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिनुभयो ।

 

यस्तो थियो घटना ….
अनैतिक सम्बन्ध लुकाउन दिदीले आफ्नो नजिकको केटा साथीको सहयोगमा भाइको हत्या गरेको खुलेको थियो । कर्जन्हा नगरपालिका २ बन्दीपुरमा यहि कार्तिक ३ गतेदेखि हराईरहेका स्थानीय कुसुमलाल यादवका १३ बर्षीय छोरा भवेश कुमार यादवको शव ५ गते बेलुकी हत्या गरि फालिएको अवस्थामा कर्जन्हा नगरपालिका २ स्थित बनमारा घारीमा फेला परेको थियो । भबेशलाई आफ्नै ठुलोबुवा राम उदगार यादबका १६ बर्षीय छोरी प्रियंका यादब र प्रियंकाका नजिकको केटा साथी तथा छिमेकी धनुषा धनौजीकट्टी ५ घर भई हाल कर्जन्हा नगरपालिका २ स्थित मामा नविन कुमार साहको घरमा बसी अध्ययन गर्दै आएका नथुनी साहको १४ बर्षीय छोरा संजय कुमार साहले आफ्नो यौनलिला लुकाउन खुकुरीले घाँटी रेटि हत्या गरेको प्रहरीले जनाएको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयाले आज (आइतवार) पत्रकार सम्मेलन गरि भवेशको हत्यामा संलग्न प्रियंका र संजयलाई पक्राउ गरि सार्वजनिक गरेको थियो ।

एक पटक पढ्नुहोस