After header

‘दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९’ जेष्ठ २८ गते हुने

काभ्रे/ काभ्रे जिल्लाकै उत्कृष्ठ विद्यालयमा पर्ने ज्ञानकुञ्ज विद्यालयमा दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९ हुने भएको छ ।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाद्वारा आयोजित ‘दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९’ जेष्ठ २८ गते हुने आज एक पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ ।

नेपालमै पहिलो पटक एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुबिच स्वस्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले दोस्रो ज्ञानकुन्ज रोडरेस–२०७९आयोजना गर्न लागेको प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले पहिलो उद्देश्य विद्यार्थीहरुविच प्रतिस्पर्धा गराई भोलिको दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गर्न सक्नुरहेको छ ।

त्यस्तै, एस.इ.इ.को तयारीको लागि कडा अनुशासन भित्र पठनपाठन गरि एस.इ.इ. लगत्तै फ्रि समयमा अनावश्यक कुलतमातथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत सही बाटो र अनुशासनमा राख्नको लागि दोस्रो ज्ञानकुञ्ज रोडरेसको आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष वैद्यले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन २०७८ को एस.इ.इ. परीक्षा दिएको प्रवेशपत्रको प्रमाणित प्रतिलिपि र हालसालै खिचेको फोटो सहित नाम २०७९ जेठ २५ गतेभित्र दर्ता गरिसक्नु पर्ने वैद्यले बताए ।

यही जेठ २८ गते शनिवार विहान ६.३० बजेदेखि रोडरेस सुरु हुनेछ । रोडरेसमा छात्रा÷छात्र दुवै विधा समावेश गरिएको छ । छात्राहरुको रोडरेस ३ किलोमिटरको रहने छ भने छात्रको ७.५ किलोमिटरको हुने छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका संचालक आत्माराम थापा, क्याम्पस प्रमुख नवराज चौलगाई , प्रशासन प्रमुख अर्जुन खड्का लगायतको उपस्थिति रहेको थियो । नैतिक, व्यावहारिक तथा व्यवसायिक शिक्षाको लागि ज्ञानकुञ्ज भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै विगत २० वर्षदेखि काभ्रेको व्यापारिक तथा सांस्कृतिक नगरी बनेपामा शैक्षिक प्रतिष्ठानले शिक्षाको क्षेत्रमा सेवा प्रदान गर्दै एक सस्था हो ।

एक पटक पढ्नुहोस