सहकारीका ब्यवस्थापन प्रमुखको काभ्रे जिल्ला स्तरीय गोष्ठी हुँदै

बनेपा/ काभ्रे जिल्लामा संचालित सहकारी संस्थाहरुमा कार्यरत ब्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघ (डिस्कोप) काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको व्यवस्थापनमा २ दिने कार्यशाला गोष्ठी हुन लागेको हो ।

सहकारी संघ र संस्थाहरुको वित्तीय व्यवस्थापन पक्ष र व्यवस्थापकीय क्षमताको विकासलाई बिशेष महत्व दिई सहकारी क्षेत्रमा देखिएका जोखिमहरुको पहिचान गरी जोखिम न्यूनिकरण र नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गरी सहकारी अभियानलाई सुरक्षित र सेवामुखी बनाउन उद्देश्यले गोष्ठीको आयोजना गरिएको जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले बताउनु भयो ।

असार ५ र ६ गते दुई दिन होटल सारथी धुलिखेलमा हुने सहकारी प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठीमा सहभागि हुन इच्छुक ब्यवस्थापकहरुले यही ३१ गतेसम्म नामदर्ता गरिसक्नु पर्ने आयोजकले बताएको छ । उक्त जिल्ला भरीका १५० सहकारी संघ संस्थाका जना व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेने लक्ष्य राखिएको छ ।

सहकारीमा प्रभावकारी वित्तिय संरचना, राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका, प्रभावकारी ऋण असुली, सफल ब्यवस्थापकहरुको अनुभव आदान प्रदान, सहकारीमा मानवसंशाधनको नवप्रवर्तन, सहकारीमा डेविट कार्ड तथा मोबाईल बैकिङ संचालन , सहकारीप्रति सकरात्मक सोच लगायतका बिषयवस्तुहरुमा गोष्ठी केन्द्रित रहने संघका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र दाहालले जानकारी दिनु भयो ।

एक पटक पढ्नुहोस