After header

बनेपा डेन्टल केयरको निशुल्क शिविर

बनेपा/ काभ्रेको बनेपामा संचालित बनेपा डेन्टल केयर प्रालिको एक दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । बनेपा वडा नं. ९ को सहकार्यमा डेन्टलले बनेपा वडा नं. ९ मा आयोजना भएको एकदिने दन्त शिविर धेरै सेवाग्राहीले सेवा लिएका छन् ।

सामाजिक काममा पनि आफ्नो सहभागिता अगाडी बढाई आएको डेन्टल विगतमा पनि धेरै ठाउँमा निशुल्क शिविर गदै आएको थियो । बनेपामा स्थापना भएको छोटो समयमा नै सेवाग्राहीको मन जित्न सफल बनेपा डेन्टल केयरले वडा नम्बर ९ मा निशुल्क दन्त शिबिर कार्यक्रमको आयोजना गरी धेरै दात तथा मुख सम्बन्धि समस्याको निशुल्क उपचार गरेको थियो ।

आफु वडा अध्यक्षमा निर्वाचित भइसके पछि पहिलो पटक शिबिर राखेर वडाबासिको सेवा गर्न पाएकोमा खुसि लागेको वडा अध्यक्ष नृपेश बादेले बताए । महिले यस वडाका लागि स्वास्थ्य क्षेत्रबाट जनताको सेवा शुरु गरेको छु । यस्ता जनताको समस्या घरघरमा गई भोलिका दिनमा अझै सेवा गर्ने छु उनले भने ।

शिविरमा बनेपा डेन्टल केयर बाट डाक्टर सबिना कार्की ,सुजन न्यौपाने र अमृता पुर्लामी मगरको समुहले उपचार सेवा दिएको थियो । आगामी दिनहरुमा पनि यस्ता खाले शिबिरहरुलाई निरन्तरता दिएर अगाडी बढ्न आफुहरु इच्छुक रहेको बनेपा डेन्टल केयरका मेनेजिंग डिरेक्टर विजय बोगटीले बताए ।

बनेपा मात्रै नभई काभ्रेको जनुसुकै ठाउँमा पनि भोलिका दिन हाम्रो डेन्टल सेवा सुविधा दिदैँ जाने बोगटीले जानकारी दिए ।

एक पटक पढ्नुहोस