सान्दर्भिक बहस सहितको लघु कथा: भतुवाहरू !

लघुकथा: 
गोपाल प्रसाद थपलिया

“वास्तवमा भन्ने हो भने एमसीसी र एसपीपी सम्झौता नेपाली जनताको शिर झुकाउने सम्झौताहरू हुन ! तर नेपाली जनताले आफ्नो स्वाभिमानीको शीर कहिल्यै निहुरिन दिनेछैनन् । आफ्नो मातृभूमीको छातीमा विदेशसेना भित्र्याएर परेड खेल्न दिने छैननन्  । नेपाली जनतासंग संसारलाई जित्न सक्ने अत्याधुनिक शस्त्र अस्त्रहरू त छैनन्  । तर देशको संरक्षण गर्न नेपालीहरूको देशभक्तीको भावना ती अस्त्र अस्त्रहरू भन्दा कैयौ गुणा शक्तिशाली छ । धनी र शक्तिशाली राष्ट्रसंग मिलेर आफ्नो राष्ट्र बिरूध्द षडयन्त्र गर्ने,राष्ट्रको हित बेच्ने, राष्ट्रलाई धोका दिने र जनतालाई थिच्नेहरूका बिरूध्द जनता जाँग्ने बेला भइसकेको छ !” हेमराज सरले भन्नुभयो।
“मलाई गजब लाग्छ! आफ्नो देशमा आफैले बिदेशी सेना ल्याउन पत्र लेखेर पठाउने! ?प्रधानमन्त्री र रक्षा मन्त्रीलाई थाहा नहुने? यस्तो पत्र कोही कोइरालाको पालामा लेखेर पठाएको भन्ने, कोही ओलीको पालामा, कोही दाहालको पालामा भन्ने ? पत्र लेखेको मिती त होला नि ? त्यो मितिमा को को प्रधानमन्त्री र को को रक्षा मन्त्री थिए? यो पत्ता लगाउन नसक्ने कुरा हो र ? त्यस बेलामा जो जो प्रधानमन्त्री र रक्षा मन्त्री थिए, ती सबै दोषी होइनन् र ? “मैले होइन मात्र भन्ने ? “त्यस्तो पत्र लेख्नु गल्ती हो जिम्मेवारीमा बस्नेहरू किन भन्न सक्तैनन् ? पदमा पुगे पछि केहि न केही गर्नु पर्छ भनेर देशै सिध्याउने काम गर्ने ?                                               कुनै समय यस्तो पनि हुन्छ कि -केही नगर्नु पनि कर्तब्य ठहरिन्छ ! पदमा पुगेर केही न केही गर्नु पर्छ भन्ने नाउमा आफ्नो देशमा बिदेशी सेना ल्याउने पत्र लेख्ने हो त ?! कठै बरा तिमीहरूको देश र जनताप्रतिको प्रेम !? म पनि भन्छु -एमसीसी र एसपीपी दुबै नेपाली जनताको शिर निहुँर्याउने सम्झौताहरू हुन् ! यसमा जनता सचेत हुनै पर्छ । पदमा बस्ने केही ब्यक्तिहरूले आफ्नै मात्र ख्याती र पैसाका कमाउन देश र जनता बेच्ने पनि पछि पर्दा रहेनछन् !                            जनद्रोही देशद्रोहीहरूको कामहरूको भण्डाफोर गर्नै पर्छ र तिनीहरूलाई कठघरामा उभ्याउनै पर्छ र तिनीहरू माथि कारवाही हुनै पर्छ । यी भतुवा कुकुरहरू न त देशका हुन् न त जनताका हुन! यी त विदेशीका धुन मात्र हुन्, दलाल मात्र हुन !” हेडसर पद्मनाथले भने

२०७९ साल आषाढ ७ गते मंगलबार, दिउँसो ४. ३६ बजे, उपचार कक्ष ।

एक पटक पढ्नुहोस