After header

सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापन तालिम सुरु

बनेपा/ काभ्रेको बनेपामा सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापनहरुका लागि आज अर्थात आईतबार देखि ३ दिने तालिम शुरु भएको छ ।

बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा जिल्ला सहकारी संघ लि. काभ्रे आयोजनामा सहकारी व्यवस्थापन तथा लेखा व्यवस्थापन तालिम बनेपामा सुरु भएको हो । जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथित्वमा सम्पन भएको कार्यक्रमा शर्माले जिल्ला भित्र रहेका सहकारी संघ÷संस्थाहरुको प्रवद्र्धन र विकासका लागि व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका व्यवस्थानका कर्मचारीहरुलाई क्षमतावान बनाउन यस्तो खालको तालिमले सहयोग पुग्ने बताए ।

जिल्लामा रहेको सबै प्रकृतिका सहकारी संस्थाहरुलाई सहभागिताको लागि सूचना जारी गरि ४२ जना विभिन्न सहकारी संघ÷संस्थाका कर्मचारी तथा लेखा सुपरिवेक्षण समितिका ब्यक्तिहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा सहकारीको परिचय, सिद्धान्त, मूल्य मान्यता, ईतिहास, सहकारीको व्यवस्थापन, सञ्चालक समितिका सञ्चालक समिति, लेखा सुरिवेक्षण समिति, पदाधिकारीहरुको भूमिका तथा जिम्मेवारी सहित लेखाको परिचय, सिद्धान्त सहकारी संस्थामा यसको महत्व लगायत व्यवहारिक विषयमा छलफल हुने शर्माले बताए ।

३ दिनसम्म चल्ने उक्त कार्यक्रमलाई सहकारी अभियानका ब्यक्ति तथा आभाष साकोसका व्यवस्थापनका प्रमुख सुवास बैद्यले सहजिकरण गरेका छन् भने कार्यक्रमको व्यवस्थापन संघका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र दाहालले गरेका छन् । कार्यक्रम जिल्ला सहकारी संघ लि. का सञ्चालक सदस्य तथा शिक्षा तालिम व्यवस्थापन उप समितिका संयोजक ठाकुरनाथ अधिकारीले गरेका थिए ।

संघले आगामी १७ गते कोपोमिस सम्बन्धि सहकारी संस्थाहरुका बीच व्यवहारिक रुपमा आवद्ध कसरी हुन सकिन्छ भन्ने बारेमा सहकारी विभागको सहजिकरणमा जिल्लाका १०० जना सहकारीकर्मीहरुलाई भेला गराएर कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

एक पटक पढ्नुहोस