रोशी/ काभ्रेको रोशी गाउँपालिकामा एक दिने महिलाको पाठेघर क्यान्सर रोग सम्बन्धि एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना एवं नेपाल अस्ट्रेलियन सर्भेकल फाउन्डेसनको समन्वयनमा वडा नं. ७ कटुन्जेमा महिलाको पाठेघरको मुखको क्यान्सर रोग सम्बन्धि एक दिने निःशुल्क घुम्ती शिबिर सम्पन्न भएको हो ।
शिविरमा महिलाहरूको आङ खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी उपचार गरिएको थियो । शिविरमा भबिस्यमा हुनसक्ने क्यान्सर रोगको रोकथाम तथा उपचारका लागि के कस्ता विधि अपनाउने बारे रोशीका महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित भएको महिला बालबालिका शाखाको प्रमुख प्रज्वला राइले जानकारी दिईन् ।
कार्यक्रममा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर पनि सन्चालन गरिएको थियो । शिविरबाट १२४ जना नागरिकहरुले प्रत्यक्षरुपमा सेवा पाएको रोशी गाउँपालिका आयुर्वेद शाखा प्रमुख सबिता गौतमको जानकारी दिईन् ।
कार्यक्रममा विशेषज्ञ चिकित्सक, गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाइबा, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङ, स्वास्थ शाखा प्रमुख गङ्गा लाल श्रेष्ठ लगायको उपस्थित रहेको थियो ।
