विकुनारायण ताम्राकार
काभ्रे जिल्लाको पनौति नगरपालिकाले बालमन्त्री युक्त प्रथम वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । ‘नगरपालिकाको स्वाभिमान, दिगो वालमैत्री युक्त पनौती हाम्रो अभियान’ भन्ने नाराका साथ शनिबार वार्षिकोत्सव मनाएको हो ।
नगरपालिकाको नगर उपप्रमुख गीता बञ्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष सविन ताम्राकार, वडा सदस्यहरु, पालिकाको स्वास्थ्य शाखा प्रमुख, विव्यसका अध्यक्षहरु, विद्यालयका प्रअहरु, स्वास्थ्य स्वयंसेवीकाहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बञ्जाराले नगरपालिकाले बालबालिकाको क्षेत्र संवेदनशी क्षेत्र भएकोले नगरपालिकाले गम्भिरता पूर्वक लिएको र बालबालिका र बाल अधिकारको सवालमा नगरले कुनै पनि संझौता नगर्ने बताए ।
कार्यक्रममा बालमैत्री स्थानीय तह घोषणा पश्चात दिगोपनाका लागि कार्य सम्पादन प्रतिवेदन बालमैत्री सहजकर्ता गिता तिमल्सिनाले प्रस्तुत गरेकी थिईन् । कार्यक्रमलाई वडा अध्यक्ष सविन ताम्राकार, वडा सदस्य श्यामकुमार बस्नेत, इन्द्रेश्वर क्याम्पासका अध्यक्ष पुरुषोत्तम कर्माचार्य, बाल समाजका अध्यक्ष रामकृष्ण श्रेष्ठ, साहित्यकार सूर्यप्रसाद लाकोजु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सौम्य खनालाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन बाल समूहका सचिव रुस्ना श्रेष्ठले गरेका थिए भने स्वागत वडा सचिव पुण्यलाल दुवालले गरेका थिए ।