After header

एसएसपी भट्टराईले सम्हाले अपराध महाशाखा प्रमुखको कमाण्ड

काठमाडौं/  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईले अपराध महाशाखाको कमाण्ड सम्हालेका छन् ।
शुक्रबार उनले कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालेका छन्् ।

सघीय प्रहरी कार्यालय भैरवा कार्यरत रहेका भट्टराईलाई गृह मन्त्रालयले बुधबार गरेको सरुवामा उनी अपराध महाशाखा काडमाडौको प्रमुखमा सरुवा गरेको थियो । उनले आफ्नो नेतृत्व सम्हादै अपराधी गतिमा हिड्ने र कानुनको पालना नगर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने प्रतिवद्धता गरेका छन् ।

यसअघि महाशाखा प्रमुखमा रहेका बसन्त कुँवर डीआईजीमा बढुवा भएपछि भट्टराईले अपराध महाशाखा प्रमुखको जिम्मेवारी पाएका हुन् ।

एक पटक पढ्नुहोस