After header

गठबन्धन हानिकारक छ ः ओली

काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन हानिकारक भएको आरोप लगाएका छन् । सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले गठबन्धन सरकार मृत भैसकेको भन्दै यसले देशमा हैजा फैलाउने बताए ।

अपवित्र गठबन्धन सरकारको औचित्य सकिएको भन्दै अब यसले हैजा फैलाउछ उनले भने । ‘गठबन्धनलाई बोकेर हिँड्नु उपयुक्त छैन । यो निष्प्राण र हानिकारक छ । डेथ भइसक्यो यसले हैजा फैलाउँछ, मृत भइसकेपछि सतीदेवीलाई शिवले काँधमा बोक्दा त बाँचिनन् भने यो गठबन्धन ? भ्रष्टाचारीको अङ्गहरू झरेर पीठ बन्ने वाला छैनन्’, ओलीको टिप्पणी थियो ।
राष्ट्रिय राजनीति पोलोराइजेसनतिर गएको छ ।

सुखी नेपाली र समृद्ध नेपालीको नेतृत्व एमालेले गरिरहेको छ । सुशासन, विकास हुनुपर्छ भन्ने एजेण्डामा एमाले अघि बढेको छ र अर्को पोल गठबन्धन टिकाउने र लुटपाट र हाटहुट गर्नुपर्छ भन्ने शक्ति छ’, ओलीले राजनीतिमा भएको पोलराइजेसन ठिक भएको बताए ।

एक पटक पढ्नुहोस