After header

काँग्रेसको केन्द्रीय समिति बैठक मंगलबार पुनः बस्ने गरि सकियो

काठमाडौं/  नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक पुनः भोलि १ बजे कस्ने भन्दै आजका लागि सकिएको छ ।
बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतले प्रचारप्रसार समितिको प्रतिवेदन बैठकमा पेस गरेका थिए ।

पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार बैठक केही दिनसम्म चल्नेछ । बैठकबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने उनले बताए । उनले भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी रहेको प्रस्ट पारे ।

 

एक पटक पढ्नुहोस