हटाइएका साना व्यापारिको दुखः– कोही मकै पोलेर सन्तान पढाउने कोही चटपट बेचेर परिवार धान्ने !
बनेपा/
बनेपाको मुख्य बजारी इलाकामा रहेको सुकिला मुकिलाले अव्यवस्थित भनिँदै आएको फुटपाथ जबरर्जस्त रुपमा नगरपालिकाले हटाएको छ ।
एक दशक अघिबाट नगरपालिकाले झिंगोल्दै आएका साना व्यवसाय गरि जीवन धानि रहेकाहरु माथी पुनः बज्रपात मच्चिएको छ । साना व्यवसायीहरुका लागि बिना कुनै नीति र व्यवस्थापन बिना नै फुटपाथमा बर्षौँदेखि साना व्यवसायहरु तरकारी पसल, साना घरेलु सामानहरु, चटपट, व्यपार मकै पोलेर व्यापार गरिरहेकाहरु माथी जबरर्जस्त रुपमा फुटपाथ हटाइए पछि अब उनीहरुका लागि कहाँ के गर्ने भन्ने अन्यौलता छाएको बताइएको छ । पीडितहरु भन्छन् – नगरपालिकाले निश्शचीत मापदण्ड तोकेर निश्चीत ठाउँ तोके हामी तोकिएको ठाउँमा व्यवसाय गर्न तयार छौँ ।, बनेपा नगरपालिकाले भने हाम्रो यो आवाजलाई व्यवास्था गरेको छ । यसको परिणाम यो दिर्घकाल रुपमा हटाउने कोसिस गरिएको होइन र यस सम्बन्धी कुनै नीति लिएको देखिँदैन अर्काे चटपटे व्यवसाय गर्दै परिवार धानिरहेका व्यवसायीले भने । याता केही बर्ष देखि आफुलाई श्रीमान्ले नहेरेपछि रामेछाप बाट सन्तान पढाउन भनि बनेपा बजारमा मकै पोलेर सन्तान पढाइरहेको अब यो व्यवसायमा पनि अवरोध भयो भने आफ्नो मर्नुको विकल्प समेत नभएको पीडित महिलाले बताइन् । निकै मलिन स्वर र भाव प्रकट गर्दै बर्षौँ देखि जुत्तामा पोलिस गर्ने र सिउने छाता बनाउने काम गर्दै आएका पीडितहरुको एउटै स्वर छ । हामीले सेवा ग्राहीलाई सेवाग्राहीले हामीलाई भेट्टाउने सहज ठाउँ नगरपालिकाले व्यवस्थापन गरोस् । हाम्रो यही आधार नै परिवार पाल्ने आफु पालिने हो । उनीहरुले कुराकामनीमा भने । यता बनेपा नगरपालिकाका नगर प्रमुखले भने ‘आफु निर्वाचित हुनु अघि सार्वजनिक गरेको घोषणापत्रमा नगरको सरसफाई तथा फुटपाथलाई प्राथमिकतामा राखेको थियौं’ अहिले त्यही गर्दै छौँ ‘नगरलाई स्वच्छ र हराभरा बनाउन निर्वाचित भए देखि नै कार्य प्रारम्भ भएको छ । फुटपाथको अवरोध हटाउँदै सरसफाईलाई प्राथमिकतामा राखेका छौं ।’

बनेपा नगरपालिका जिल्लाको ब्यापारीक केन्द्र समेत भएकाले विभिन्न जिल्लाबाट तथा पालिकाबाट बसोबास गर्ने नागरिकहरुको बसाईलाई ब्यवस्थित बनाउने, दुई प्रमुख राजमार्ग हुँदै आउने जाने नागरिकहरुले प्रयोग गर्ने अरनिको राजमार्गको दायाँबायाँ क्षेत्रलाई सुन्दर बनाउने अभियानले निरन्तरता पाउने उपप्रमुख विमला सापकोटा दाहालले बताइन् । तर उनीहरुको बिकल्पका बारे भने यि दुबै प्रमूख उपप्रमुखले बोलेनन् । यता केही विज्ञहरु भन्छन् बनेपालाई सुन्दर बनाउन नगरपालिकाको यो काम बाहिरी रुपमा तारिफ गर्न सकिए पनि फोहोरी सोच बोकेर सफा गर्छू भन्नु र अव्यवस्थीत पार्किङले ठूलालाई चैन सानालाई ऐन सिद्ध हुने बताए । उनीहरुका अनुसार बजार एरियामा अर्काे प्रमूख चुनौती अव्यवस्थित पार्किङ हो र यो हटाउन साना व्यवसायीलाई थर्काएर झम्टीएर फालिदिएर गरेको जसरी सम्भव नहुने बताउँछन् । 
साउन १ गतेबाट नियमित फुटपाथको अवरोध हटाईने, अवरोध गर्नेलाई कानून अनुसार कारवाही गर्ने र नियमित अनुगमन हुने प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले बताएका छन् । आईतबारबाट शुरु भएको अभियानमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सुरक्षा टोली, जनप्रतिनिधी, उद्योगी ब्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यो
