विराटनगर/ करीब ३४ घण्टा देखि हराईरहेको एक बालिका अझै फेल परेकी छैन् । विराटनगर–१३ रोड शेषकी ममता यादवकी छोरी निकिसा यादव सोमबार बिहान ८ बजे अपहरणमा परेकी परिवारले जनाएको छ । सोमबार बिहान ८ बजेदेखि अपहरणमा परेकी एक वर्षीया बालिकाको अवस्था अझै पत्ता लागेको छैन ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले बालिकाको उद्धारको नजिकपुगेको जानकारी दिए । ‘हामी बालिकाको अपहरणको गम्भीर अनुसन्धानमा छौं,’ उनले भने, ‘प्रहरीको अनुसन्धान टोली अपहरणकारीको नजिक पुगेको छ ।’
बालिकाको बुबा दीपेन्द्र यादवले निकिसालाई रोड शेषनजिकै रहेको चियापसल पुर्याएका थिए । दीपेन्द्रको चिनजानमा रहेकी एक महिलाले निकिसालाई लिएर फरार भएको प्रहरीको भनाइ छ । के कारण बच्चालाई अपहरण गरेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । बच्चा लिएर बेपत्ता भएकी युवती मोरङ, सुनसरीकै क्षेत्रमा रहेको प्रहरीको भनाइ छ ।
