हेटौँडा / नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको मतगणना जारी छ । हेटौँडामा शनिबार शनिबार सम्पन्न निर्वाचनको मत गणना भईरहेको हो ।
अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन इतर समूहबाट उम्मेदवार बन्नु भएका शिव लम्सालको ४५को अग्रता छ । लम्सालले ३ सय १६ मत प्राप्त गर्नु भएको छ भने संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिनु भएकी अनिता बिन्दु ४५ मतले पछ्याइरहनुभएको छ । अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपाध्यक्ष खुल्लामा नकुल अर्यालको अग्रता छ । अर्यालले ३४२ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा रामजी दाहालले २५० शेखर रेग्मी १८१ र भीष्मराज ओझाले २८० मत प्राप्त गर्नुभएको छ । यस्तै केन्द्रीय उपाध्यक्ष बागमतीमा गिरिजाप्रसाद अधिकारीले २ सय ९ र मुरारी अधिकारीले २८४ मत पाप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।अहिले मतगणना राेकिएकाे छ भने ११ बजेबाट पुन मतगणना शरु हुने निर्वाचन समितिले जनाएको छ ।
