After header

आखाँ शिविरबाट चार सय लाभान्वित

पनौती, काभ्रे 
पनौती नगरपालिका वडा नम्बर ५ ले वडाबासिको स्वास्थ्यलाई विशेष ध्यान दिन थालेको छ । नियमित रुपमा मासिक मधुमेह, ब्लडप्रेसर, थाइराइड जस्ता रोगको परिक्षण गरिरहेको वडा नं ५ ले महिलाको पाठेघरको रोगका वारेमा पनि परिक्षण गर्न शिविर सञ्चालन गरिरहेको छ । यस वडामा आज (शुक्रवार) आयोजना गरिएको आखाँ शिविरबाट चारसय लाभान्वित भएका छन् ।

रेयुकाई आँखा अस्पताल बनेपाको सहयोगमा आयोजना गरिएको आखा शिविरबाट चारसय वडा बासि लाभान्वित भएको वडा अध्यक्ष विनोद खत्रीले जानकारी दिनुभयो । शिविरमा आखाका रोगिहरुलाई दुईसय रुपैयामा चश्माा उपलब्ध गराइएको थियो । शल्यक्रिया गर्नुपर्ने विमारीको निशुल्क उपचार हुने भन्दै वडाअध्यक्ष खत्रीले भन्नुभयो– शल्यक्रिया गर्ने विरामीलाई अस्पताल सम्म लैजाने र ल्याउनको लागि वडा कार्यालयले नै यातायातको व्यवस्था गर्ने छ ।

‘वडा नम्बर ५ का जनतालाई स्वस्थ राख्ने कार्य मेरो पहिलो प्राथमिकता हुनेछ’ वडा अध्यक्ष खत्री भन्नुहुन्छ– नगरपालिकाको पनि सकेसम्म घरदैलो मै स्वास्थ्य सेवा पु¥याउने नीति छ । ‘दाहिने आखा धमिलो धमिलो देखिन्छ त्यहि भएर जचाउन आएकी हुँ’ स्थानीय ७७ वर्षिया वृद्धा कान्छि देउजा भन्नुहुन्छ– देब्रै आखाको अरेशन भैसकेकोले छ्याङ देख्छु । वडामा हुने स्वास्थ्य शिविरबाट लाभ पुगेको बताउदै उहाले वेला वेला सुगर प्रेसर पनि जाच्न आउने गरेको भन्नुभएको थियो ।

धुलिखेल अस्पतालसंगको सहकार्यमा वडा नम्बर ५ ले प्रत्येक महिनाको २३ गते स्वास्थ्य विमा गर्ने वडाबासिहरुको लागि शिविर सञ्चालन गरिरहेको छ । यो शिविरमा सुगर, प्रेसर, थाइराइड जस्ता पपरिक्षण समेत हुनुका साथै विरामिको लागि आवश्यक औषधि वडा कार्यालयमै ल्याइदिने व्यवस्था गरिएको वडाअध्यक्ष खत्रीको भनाई छ । यस अघि जिवित फाउण्डेशनको सहयोगमा महिलाको पाठेघर सम्वन्धि रोगको निदान र उपचारको लागि शिविर आयोजना गरिएको वडा अध्यक्षको भनाई थियो ।

शुक्रवार सम्पन्न आखा शिवरमा उपचार गर्न आउनु भएकी ७९ वर्षिय वद्धा चिनिमाया कार्कीले आफ्नो आखामा मोतिविन्दु भएको भन्दै यहि श्रावण १७ गते रेयुकाईमा शल्यक्रियाको लागि बोलाएको बताउनु भयो । धमिलो धमिलो देख्न थालेको दुईवर्ष हुन लागिसक्यो, आज जचाउन आएको दुवै आखामा मोतिविन्दु भएको रछ भनेका छन् भन्दै ती वृद्ध महिला भन्नुहुन्छ– अस्पतालमा निशुल्क उपचार हुने र वडाले जान र आउनको लागि यातायातको व्यवस्था गरिदिने भएकोले २३ गते समयमै अस्पताल पुग्ने मेरो योजना रहेको छ। टाढाको नदेख्ने समस्या आएपनि आखा जचाउन आएका ७५ वर्षिय कटक वहादुर थापा पनि आफ्नै वडा कार्यालयमा स्वास्थ्य जाच गराउन पाउदा खुशी लागेको बताउनुहुन्छ ।

आफ्नो वडा भित्रै सबैलाई पायक पर्ने ठाउमा सुविधा सम्पन्न ल्याव सहितको स्वास्थ्य चौकी सञ्चालन गर्ने तयारी रहेको बताउदै वडा अध्यक्ष खत्रीले सुत्केरी पोषण कार्यक्रम शुरु भैसकेको बताउनु भएको छ । जेष्ठ नागरिक, महिला, सुत्केरी, असक्तहरुको सेवामा चौविसै घण्टा क्रियाशिल रहेको वडा अध्यक्ष खत्रीको भनाई थियो ।

एक पटक पढ्नुहोस