पनौती पर्यटन विकास केन्द्रको अध्यक्षमा कमाचार्य

विकुनारायण ताम्राकार

पनौती/ पनौती पर्यटन विकास केन्द्रको १२ औं साधारण सभाबाट पुरुषोत्तम कमाचार्य अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । पनौतीमा आज शनिबार भएकोे भेलाबाट कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको हो । समितिको महासचिवमा सिजन सुद्धाकार र कोषाध्यक्षमा श्रवण खिबञ्जार चयन भएका छन् ।

सदस्ययमा श्यामहरि महाजू लगायत चयन भएका छन् । उपाध्यक्ष तथा सदस्यको चयन पहिलो बैठकबाट गरिने नवनिर्वाचित अध्यक्ष कर्माचार्यले बताए । विश्व सम्पदा सूचीमा सुचिकृतको प्रस्तावित पनौतीको पर्यटन विकासमा सबैसँग हातेमालो गर्दै अघि बढ्ने योजना रहेको अध्यक्ष कमाचार्यले जानकारी दिए । पनौतीमा विश्वभरीका पर्यटक ल्याउन समितीले भुमिका खेल्ने बताउँदै स्थानीय तह, प्रदेश र संघीय सरकारसँग हातेमालो गरेर आफूहरु अघि बढ्ने सोच रहेको समेत उनले बताए ।

एक पटक पढ्नुहोस