After header

घोषणापत्र तयारी गर्न एकीकृत समाजवादीले बनायो समिति

काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले घोषणपत्र तयार पार्न समिति बनाएको छ । यही ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड बनाउनका लागि भन्दै प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको महासचिव बेदुराम भूसालले जानकारी दिए ।

बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न र अगामि निर्वाचनका लागि उम्मेदवार छनौटका लागि समिति बनाएको महासचिव भूसालले जानकारी दिए । त्यस्तै निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानून विभागलाई दिइएको महासचिव भूसालले जानकारी दिए ।

निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरले दिईएको उनले बताए ।

एक पटक पढ्नुहोस