सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

धनगढी/ प्रदेश सरकारले पर्व मनाउन र सास्कृतिकको संरक्षणका लागि भन्दै सुदुरपश्चिम सरकारले आज सार्वजनिक बिदा दिएको छ ।सुदूरपश्चिममा मनाउदै आएको ओल्के पर्व चर्चित पर्व रहेकाले आज प्रदेश सरकारले पर्व मनाउन भन्दै प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

आजको दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ । साथै देउडा र पिङ खेलेर रमाइलो गर्ने चलन पनि छ ।ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ ।

ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ । विपत्तीबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ । सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ ।

एक पटक पढ्नुहोस