After header

‘थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका दिन्न।’: लिङ्देन

आफूहरूमाथि विश्वास गर्नेहरूलाई धोका कदापि दिन्नौं : लिङ्देन

भकुण्डे/  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन्। उनले आसन्न निर्वाचन लक्षित गर्दै भने ‘पटकपटक असफल भएका भ्रष्ट नेतालाई होइन, एकपटक हामीलाई सहयोग गर्न अपिल गर्छु,’ अध्यक्ष लिङ्देनले भने

आज काभ्रेको भकुण्डेवेशीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू सबै प्रकारका अग्नि परीक्षामा खरो ढंगले उत्रने बताएका छन् ।

मंसिर ४ मा हुने चुनावबाट ‘नेपाललाई तीन दशकदेखि बन्धक बनाइआएका दलहरू’लाई मुक्त गर्नुपर्ने लिङ्देनले बताएका थिए । उनले दलहरूको सिण्डिकेट अन्त्य हुनुपर्ने उनको बताउँदै भ्रष्टाचारको अन्त्य हुनुपर्ने बेला आइसकेको पनि बताए । उनले आफूले ‘एक रूपैयाँ भ्रष्टाचार गरेको कसैले प्रमाणित गरे म उसको नोकर भएर बस्न तयार छु,, ‘थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका तपाईंहरूलाई दिने छैन।’

उनले जनताका विश्वासमाथि कुनै कुथराघात नहुने बताए। भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर आफू हिँडेको उनको भनाइ थियो।

निष्ठा र संस्कारको राजनीति गर्ने संकल्प आफूले लिएको उनले बताए । चुनावमा सहयोग गर्न पनि उनले जनतालाई अपिल गरेका छन्।

एक पटक पढ्नुहोस