धुलिखेल/ काभ्रेमा सयूक्त तिन दलका यूवाहरुले जिल्ला प्रशासन कार्यालय काभ्रेमा ज्ञापन पत्र बुझाएका छन् । नेपाली कांग्रेस निकट नेपाल तरुण दल, नेकपा माओवादी निकट योङ कम्युष्टि लिग वाईसिएल र समाजवादी पार्टीका युवा संघ नेपालले संयुक्त ज्ञापन पत्र बुझाएको हुन् ।
जिल्ला प्रशासान कार्यालयमा ज्ञापन पत्र बुझाउन सरकारमा सहभागी दलहरुका युवा संगठनहरुको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपति ज्यू समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समय सिमा भित्र प्रमाणिकरण नगरेर राष्ट्रपति ज्यूले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको सवैधानिक व्यवस्था माथि नै गम्भीर रुपले प्रहार गरेको भन्दै संयुक्त युवाहरुले सिडियो मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको तरुण दल काभ्रे जिल्ला अध्यक्ष सुजन लामाले बताए ।
राष्ट्रपति ज्यूको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको भन्दै ज्ञापन पत्र बुझाएको वाईसिएल काभ्रे जिल्ला अध्यक्ष लनम दोर्जे लामाले जानकारी दिए । राष्ट्रपति ज्यूको यो जनविरोधी कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबुवाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने सवैधानिक हकबाट बञ्चित भएका छन भने अर्कोतिर संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, सवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभुत मान्यतामा गम्भीर प्रहार भएकाले संगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको युवा संघ कभ्रेका इन्चार्ज ईश्वार बन्जाराले बताए ।
महामहिम राष्ट्रपति ज्यूको कदमबाट नागरिकता बिहिन नेपाली नागरिकहरुलाई नागरिकता प्राप्त गर्ने सवैधानिक अधिकार बञ्चित गरेको हुँदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सविधान २०७२ को पूर्ण पालना र संरक्षणको लागि हामी सरकारमा सहभागी गठबन्धन दलका युवा संगठनहरु यो ज्ञापन पत्र मार्फत जोड्दार आग्रह गरिएको वाईसिएल काभ्रे इन्चार्ज प्रदिप लामाले जानकारी दिए ।
संयुक्त युवा संघसंगठनका युवाहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारलाई शुक्रबार ज्ञापन पत्र बुझाएका छन् ।
