After header

पहिरोमा परि एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं/  अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले काठमाडौंको चन्द्रागिरिमा ध्यान केन्द्र पहिरोमा परि तिन जनाको मृत्यु भएको छ ।चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मा पर्ने रेक्की ध्यान केन्द्र पुरिंदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

उनीहरु तीनै जनाको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । डोजरको सहायताले प्रहरीको टोली र स्थानियहरु उद्धारमा पुरिएको उनीहरुको लास निकालिएको थियो ।

एक पटक पढ्नुहोस