After header

एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले पार्टी छोडेको घोषण

काठमाडौं / नेकपा एमालेका केन्द्रीय सदस्य बद्री प्रसाद न्यौपानेले नेकपा एमाले छोडेको घोषण गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत आफूले एमाले पार्टी परित्याग गरेको घोषण गरेका हुन् ।

जनता समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्यबाट आफूले राजिनाम दिएको उनले बताएका छन् ।शनिबार एक विज्ञप्ति जारी गर्दै न्यौपानेले जसपासँग पार्टीले गठबन्धन गरेको प्रति घोर आपत्ति जनाउदै राजीनामा दिएका हुन् । देश र जनताको पक्षमा नभई विदेशीको इशारामा जसपासँग गठबन्धन गरेको उनको आरोप छ ।

् ‘हिजो उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी (जसपा) सँग एउटा राष्ट्रवादी पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको कहिले पनि हित नचाहने र भारतको इशारामा नेपालमा आफ्नो गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टी जसपासँग जनताको माग विपरीत पार्टी कार्यकर्ताको मागलाई वेवास्ता गर्दै जुन तरिकाले गठबन्धन गरेको छ त्यो देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएको हुनाले म आजको दिनबाट नेकपा एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’ उनले विज्ञप्तिमा भनेका छन् ।

एक पटक पढ्नुहोस