बझाङ / बझाङमा जिप दुर्घटना भएको छ। बुधबार दिउसाे जिल्लाको मष्टा गाउँपालिका १ चिउरीमा जिप दुर्घटना भएको हो। जीपमा २१ जना थिए।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख जागेश्वर भण्डारीका अनुसार थप विवरण आउन केही समय लाग्ने बताइएको छ।
