After header

पाल्पाबाट मनकामना दर्शनका लागि हिडेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

  कार्तिक 

नवलपुर । मनकामना दर्शनका लागि पाल्पाको हुँगीबाट गोरखा जान आउँदै गरेको बस पूर्वी नवलपरासीको बुलिङटार-२ स्थित डाँडाझेरीको मथारमा दुर्घटना हुँदा बसमा सवार ५ जनाको मृत्यु छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको इलाका प्रहरी कार्यालय बुलिङटारले जनाएको छ ।

दुर्घटना स्थलबाट २८ जना घाइतेको उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटनामा बस दुई टुक्रा परेकोले यात्रु उछिट्टिएको हुनसक्ने आशंकामा प्रहरीले दुर्घटना स्थल वरपर अहिले खोजी कार्य जारी राखेको जनाएको छ ।

पाल्पाको हुँगीबाट मनकामना दर्शनका लागि तीर्थालु बोकेर आउदै गरेको ना ६ ख ७५८० नम्बरको बस आज बिहान सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना ग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ। दुर्घटनामा भएको क्षतिको थप विवरण आउने क्रममा रहेको छ ।

एक पटक पढ्नुहोस