After header

जब स्वतन्त्र उम्मेदवारसँग भोट बेच्न पैसाको बार्गेनिङ गरेपछि…

काभ्रे / प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन सम्मुखमा आइपुग्न लाग्दा यतिबेला देशैभर माहोल तात्दो छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को चुनाव र माहोलको चर्चा देश व्यापी रूपमा ध्यान खिचिरहेको बेला स्वतन्त्र उम्मेद्वार रहेका मनोज पण्डित संग हामी भोट दिन्छौं हामीलाई यति बराबरको पैसा चाहिन्छ । भनेर एक टोलीले बार्गेनिङ गरेको अडियो रेकर्ड बाहिरिएको छ । पण्डितले भने अडियोमा आफू एक रुपियाँ पनि त्यसरी खर्च नगर्ने र बैमान गरेर जित्नु भन्दा शानदार हार स्वीकार रहेको कुरा डिभेडका क्रमममा भनेका छन् । उनले सो अडियो आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत सार्वजानिक गर्दै लेखेका छन् । 

भ्रष्टाचार को शुरुवात यसरी हुँदो रहेछ” मेरो तितो अनुभुती ।हाम्रो लोकतन्त्र भित्रको यो बिकृत र अँध्यारो पाटो । उनी नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईं र नेकपा एमालेका प्रभावशाली नेता समेत रहेका पूर्व मन्त्री गोकुल बाँस्कोटा संग प्रतिस्पर्धा गर्न मैदानमा होमिएका छन् ।                               अडियो पूरा सुन्न तलको लिंक क्लिक गर्नुहोस्। https://fb.watch/gDxhPdgXAz/

एक पटक पढ्नुहोस