After header

आलोपालो प्रधानमन्त्रीको समझदारी भएको प्रचण्डको दावी

चितवन/  आलोपालो प्रधानमन्त्रीको समझदारी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज सोमबार चितवनमा पत्रकारहरु सग बौल्दै प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् ।

 

पत्रकारहरुले सोधे, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा केही सहमति भएको थियो जनादेश आइसकेपछि म (प्रचण्ड) प्रधानमन्त्री बन्ने भनेर ?’प्रचण्डले जवाफ दिए, ‘त्यो पनि लिखित औपचारिक केही भएको थिएन । छलफल त पक्कै पनि थियो । हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।’

माओवादी अध्यक्ष प्रचण्डले विगतमा जे जस्ता सहमति भएको भए पनि गठबन्धनमा रहेका दलहरुका बीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुखबारे प्याकेजमै सहमति खोजिने बताएका छन् ।

गठबन्धनमा रहेका दलहरुका बीचमा समझदारी भयो र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भए आफू तयार रहेको र प्रधानमन्त्रीमै समझदारी नभए अरु पनि हुन सक्ने उनको भनाइ छ ।

एक पटक पढ्नुहोस