After header

चेन्नईमा नेपाली तेक्वान्दोका खेलाडीहरु प्रस्थान

काठमाडौं/ भारतको चेन्नई सहरमा २०२२ डिसेम्वर महिनाको २७ र २८ तारीकमा आयोजना हुन गईरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ताईक्वान्डो प्रतियोगितामा सहभागी हुन ताईक्वान्डो आईटीएफ नेपालका खेलाड़ी तथा अफिशियल गरी २० जनाको टोली प्रस्थान गरेको छ ।

ताईक्वान्डो आईटीएफ नेपालका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय ए क्लास रेफ्री लक्ष्मण बस्नेतले भारतको चेन्नईमा हुने उक्त प्रतियोगितामा निर्देशकको भूमिका निर्वाह गर्नु हुनेछ छ भने नेपालबाट टीम म्यानेजरमा संस्थाका सदस्य श्रीप्रसाद खनाल र नानीराम बस्नेत र रेफ्रीमा सस्मिनी बस्नेत हनु हुनेछ ।

सस्मीनी बस्नेतले यसअघि २०१९ मा दक्षिण कोरियामा अन्तर्राष्ट्रिय प्रतियोगिता र २०२२ मा नेदरलैण्डमा सम्पन्न भयको बिश्व ताइक्वान्डो प्रतियोगितामा समेत रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् ।

आईटीएफ नेपालका सचिव उद्दब कार्कीले खादा, माला लगाई विदाई गर्नु भएको खेलाडिहरुमा आरती सिंखवाल, निकिता हुमागाई, आकृति गुरुङं, फीमेल इण्डीभीजुअल स्पारिंग र प्याटर्न तर्फÞ आ–आफÞनो उमेर, तौल र बेल्ट समूहमा प्रतिस्पर्धा गर्नेछन् भने मेल इण्डीभीजुअल स्पारिंग र प्याटर्न तर्फÞ अर्जुन गोले, कुनसांङ तामाङ, कुशल खड़का जयराम बीके, बिनोद बिके, निकेश भुजेल, रीजन श्रेष्ठ, सुभम् खत्री, छेजू लाक्पा तामाङ, नतीजÞ ढूँगेल, बेर बहादुर घिशिंग, अर्जुन तामाङले आ–आफÞनो तौल उमेर र बेल्ट समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा नेपाल, भारत, बगंलादेश लगाएतका गरी करिब ४ सय जना खेलाडि तथा अफिसियल सहभागी हुने छन् ।

एक पटक पढ्नुहोस