शुकदेव थपलिया काभ्रे ।
जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले दशौं राष्ट्रिय पोल्ट्री दिवस सप्ताह व्यापी रूपमा मनाइरहेको छ । सोही क्रममा प्रोटिनको उत्कृष्ट श्रोत मानिएको अण्डा आज विभिन्न कार्यक्रम गरी वितरण गरेको छ । दुई विद्यालयहरु का २२० जना विद्यार्थीहरु लाई दिवा खाजा स्वरूप अण्डा को परिकार बनाएर खुवाइएको छ । पनौती ५ स्थित सुब्बगाउ स्वास्थ्य चौकीको संयोजनमा गर्भवती र सुत्केरी महिला हरु लाई अण्डा वितरण गरिएको छ । नगर प्रमुख राम शरण भण्डारी वडा अध्यक्ष विनोद खत्री पोल्ट्री व्यवसायी संघका सल्हाकार तथा वरिष्ठ पत्रकार मधुसुधन गुरागाईं, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ सहित को उपस्थिती मा कार्यक्रम भएको थियो।
‘बालबालिकाहरुलाई कुपोषणबाट जोगाउन अण्डाको प्रयोग महत्वपूर्ण मानिन्छ’– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईले कार्यक्रममा भने –‘बागति प्रदेश सरकारले पोल्ट्री दिवस मनाउन गरेको परिपत्र अनुसार सिम्बोलिक रुपमा केहि विद्यालयका विद्यार्थी र गर्भवति महिलाहरुका लागि अण्डा वितरण गरिएको हो ।’पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधार हाम्रो प्रतिवद्धता भन्ने नारा लिई सप्ताहब्यापी कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रमा अण्डाको प्रयोग तथा उपभोगका बारेमा जानकारी गराउने गरी सरोकारवाला निकायसँग अन्र्तक्रिया समेत गरी कार्यक्रम तय गरिएको छ । 
बुधबार चौकोटमा आयोजित कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाई, पोल्ट्री मञ्च काभ्रेका सचिव दयाराम महत, स्वास्थ्य चौकी इन्चार्ज विनोद कुईकेल लगायतको सहभागिता रहेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईको अध्यक्षतामा सम्पन्न भेलाले पनौती ५ चौकोटमा रहेको स्वास्थ्य चौकीमा नियमित परिक्षण गराउने गर्भवति महिला, धुलिखेलको बाल मन्दिर र धनेश्वर प्रावीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अण्डाको परिकार खाजाको रूपमा खुवाएका थिए ।

दुई विद्यालयका विद्यार्थीहरु र गर्भवति महिलाहरुलाई अण्डा वितरण पछि प्रोटिनको उत्कृष्ट माध्यम अण्डाको नियमित प्रयोग गर्न अनुरोध गरिएको प्रमुख हुमागाईले जानकारी दिए । पोल्ट्री ब्यवसायीहरु तथा जिल्लाको समग्र पोल्ट्रीका विषयमा बृहत्त अन्र्तक्रिया विहिबारका लागि आयोजना गरिएको थियो । सोहि कार्यक्रममा पोल्ट्री ब्यवसायी लगायतले जिल्लाको समग्र विषयमा डा.द्धय गणेश बञ्जारा र नितेश कार्कीले कार्यपत्र प्रस्तुत गरिने समेत बताइएको छ ।
पोल्ट्री दिवसकै अवसर पारेर बनेपामा पौष १६ गते श्रमिकहरुलाई अण्डा वितरण गर्ने निर्णय भएको छ । जिल्लाको प्रवेशद्धार रोशी गाउँपालिकाको मंगलटारमा सचेतनामुलक कार्यक्रम सहित समापन कार्यक्रम पौष १७ गते आयोजना गरिनेछ । धनेश्वर आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष अनिरुद्र थापा लगायत विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । अण्डासँगै बालबालिकाहरुलाई खाजा खुवाईएको थियो ।
पोल्ट्री दिवस मनाउँदै गर्दा अवैध रूपमा भारतबाट भित्रने कुखुरा तथा चल्लाहरु नियन्त्रणका लागि थप अभियान संचालन गर्ने गरी सोहि स्थानमा कार्यक्रम आयोजना गरिएको प्रमुख राजकुमार हुमागाईले बताएका छन् । काभ्रे जिल्ला पोल्ट्री ब्यवसायका लागि उर्वर क्षेत्र हो । जिल्लाले आफ्नो खपतसँगै निर्यात गरिरहेको छ । उपत्यकाको ठुलो हिस्सा कुखुराको मासु र अण्डा काभ्रेले निर्यात गरिरहेको छ ।
