After header

जिल्ला प्रहरी कार्यालय काभ्रेले एक पटक ९ जना पक्राउ

धुलिखेल/ जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई एकै दिन ९ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले यति बेला फरार रहेका प्रतिवादीहलाई पक्राउ गरि जिल्ला अदालत बुझाईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

जिल्ला अदालत काभ्रेबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले पक्राउ गरि फैसाल कार्यन्वयनका लागि जिल्ला अदालत पेश गरेको उनले जानकारी दिए ।जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले प्राथमिकतामा राखि सोहि अनुरुप कार्यन्वयन गर्ने उदेश्यले उनीहरुलाई पक्राउ गरिएको जोशीले जानकारी दिए ।

हामीले एकैदिन ९ जना पक्राउ गरेर बुझाएका छौं । अहिले सम्म अदालतले अपराधी ठहर गरिएका धेरै प्रतिवादी पक्राउ गरेका समेत उनले जानकारी दिए ।विशेष गरी बैकिङ, लागुऔषध र सवारी ज्यान लगायतको रहेको उनले जानकारी दिए । पक्राउ पर्नेहरुमा मिना कुमारी श्रेष्ठ बनेपा नगरपालिका वडा नं. ०५,बैकिङ कसुर, आकाश तामाङ , जिल्ला भुम्लु गाँउपालिका वडा नं. ०८, लागुऔषध, चेतनाथ भारती पनौती नगरपालिका वडा नं. ११, भ्रष्टचार, सुजन श्रेष्ठ ,दोलखा जिल्ला शैलुङ गाँउपालिका वडा

नं. ०३ ,सवारी ज्यान, कृष्ण प्रसाद न्यौपान, जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं.०६,वैदेशिक रोजगार ठगी, राजकुमार बुढाथोक, जिल्ला पनौती नगरपालिका वडा नं.०५, जालसाजी, ज्ञानीमाया तामाङ, जिल्ला तेमाल गाँउपालिका वडा नं.०७, गाली बेईज्यती, हिरा लामा , जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं. ०१ ,बोक्सीको आरोप, काईली लामा, जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं. ०१ , बोक्सीको आरोप रहेका उनले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत काभ्रेमा बुझाएको उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस