After header

ओलीले दिए कांग्रेसलाई धन्यवाद

काठमाडौं/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकामा नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि लोकतन्त्रको नयाँ भाष्य स्थापित भएको बताए ।

‘डेमोक्रेसीको एउटा नयाँँ भाष्य स्थापित गर्नुभएको छ, यसबारेमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला’ उनले भने, ‘नयाँ इन्टरप्रिटेसन छ ।’

ओलीले सोमबार एक कार्यक्रममा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनले गिलास खाली हुँदाहुँदै चिया किन कार्पेटमा पोख्ने भनी टिप्पणी गरेका थिए ।

एक पटक पढ्नुहोस