After header

प्रधानमन्त्री प्रचण्डले २६८ पाए विश्वासको मत

काठमाडौ/ प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदबाट विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत पाएको सभामुखको हैसियतमा रहेका जेयष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरे । यस्तै दुई सांसदले विपक्षमा मत दिए । मतदानमा २७० सांसद उपस्थित थिए ।

एक पटक पढ्नुहोस