After header

बागमती प्रदेशमा माओवादीले टुंग्यायो ३ मन्त्री

हेटौडां / नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका लागि आफ्नो पार्टीबाट हुने मन्त्रीहरुको नाम टुंग्याएको छ । प्रदेश सरकारको समेत नेतृत्व गरिरहेको माओवादीले पठाउने तीन मन्त्रीमा गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान रहेका छन् ।

श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, दुलालले भौतिक योजना तथा मोक्तानले सामाजिक विकास मन्त्रालय पाउने भएका छन् । सिन्धुपाल्चोकका दुलाल र मकवानपुरकी मोक्तान यसअघि समाजिक विकासमन्त्री भइसकेका छन् । सिन्धुलीका श्रेष्ठ भने पहिलोपटक मन्त्री बन्न लागेका हुन ।

२६ पुसमा मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्कटेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् भने नयाँ मन्त्रीहरुको आजै शपथ हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

एक पटक पढ्नुहोस