काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेले एक हप्तामा ४३ जना विभिन्न मुद्धाका फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार उही माघ ६ गते देखि १३ गते भित्रमा जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी एक हप्तामा ४३ जना पक्राउ गरेर जिल्ला अदालत काभ्रेका बुझाएको जोशीले जानकारी दिए ।

फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले प्राथमिकतामा राखि सोहि अनुरुप बिषेश प्रहरी टोली परिचालन गरी कार्यन्वयन गर्ने क्रममा मिति २०७९ साल माघ ०६ गते देखि मिति २०७९ साल १३ गते शुक्रवार सम्म बिभिन्न कसूरमा कैद तथा जरिवाना ठहर भई फरार रहेका काभ्रेपलाञ्चोक जिल्लाका बिभिन्न पालिकाहरुबाट उनीहरुलाई पक्राउ गरेको उनले बताए ।
पक्राउ पर्नेहरुमा वर्ष ४२ को सानु कुमार तामाङ, वर्ष ४० को श्रीराम तामाङ, वर्ष ४२ को मिलन परियार, वर्ष ३४ को सागर पराजुली, वर्ष २९ को राजु लामा, वर्ष ४० को यादवराज पौडेल लगायत जम्मा ४३ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहत प्रहरी कार्यालयहरुबाट खटि गएको प्रहरी अधिकृत सहितको प्रहरी टोलिले खोजतलासको क्रममा फेला पारी फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको उनले जानकारी दिए ।
