After header

एक घण्टादेखि त्रिभुवन विमानस्थलमा जहाज उडान रोकियो

काठमाडौं /  एक घण्टादेखि त्रिभुवन विमानस्थलमा जहाज उडान रोकिएको छ । अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५÷६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।

एक पटक पढ्नुहोस