काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।
यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका छन् । त्यसैले रवि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।
उनी यतिबेला सिडियोको कार्यकक्षमा नागरिताका विषयमा छलफल गरिरहेका छन् । सम्भवत लामिछानेले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौबाट नागरिता लिने सम्भावन रहेको काठमाडौ जिल्ला प्रशासनले जनाएको छ । यतबिेला उनका समर्थक सहितको भिडले काठमाडौ जिल्ला प्रशासनमा अस्तब्यस्त रहेको छ ।
