जनकपुरधाम/ धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त हिरासत तोडेर फरार भएका छन् ।
दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासत तोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उनीहरुले राति हिरासत तोडेर फरार भएको र उनीहरुको खोजि कार्य भईरहेको डिएसपी क्षेत्रीले जानकारी दिए । घटना के र कसरी भयो यो भनेपछि छानमिन हुने उनले जानकारी दिए ।
