After header

प्रहरीद्धारा बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ

काठमाडौँ / काठमाडौको बालाजुको माछा पोखरीमा भएको घटनामा संलग्न रहेका मध्ये प्रहरीले आज थप १५ जना पक्राउ गरेको छ । बालाजुको माछा पोखरीमा यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिसिटिभी फुटेज र भिडियोमा देखिएका १५ जनालाई पक्राउ गरिएको प्हरीले जानकारी दिएको छ ।घटनामा संलग्न रहेका मध्ये पक्राउ पर्नेमा काभ्रे घर भएका सुरज मगर, उदयपुरका रितेश बस्नेत र मोरङ बेलबारी घर भएका यमन राई छन् । उनीहरू ल्होत्से मलबाट मोबाइल चोर्दै गरेको भिडियोमा देखिएका हुन् ।

आगजनी र तोडफोडमा संलग्नहरु नुवाकोट घर भएका सुनिल कालिकोटे, माछा पोखरी घर भएका रोमन नगरकोटी, नुवाकोट घर भएका सुदिप तामाङ, मापा पोखरीमा व्यापार गर्ने माधव शाही, नुवाकोट घर भएका १९ वर्षीय केशव राई र सिन्धुली घर भएका इन्द्र तामाङ छन् ।

धादिङ घर भएर तार्केश्वर बस्ने चालक ईलाराज गुरुङ, उदयपुर घर भएका सह–चालक राजन राउत, काभ्रे घर भएका चालक हरिशरण तामाङ, धादिङ घर भएका सहचालक विकास गुरुङ, चितवन घर भएका चालक संविधान परियार र सामाखुसी घर भएर होटेलमा वेटर काम गर्ने कविन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।

एक पटक पढ्नुहोस