After header

प्रहरी महानिरीक्षक सिंह र अख्तियार प्रमुख राई बिच भेट

काठमाडौं/  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले भेट गरेका छन् । अख्तियार स्रोतका अनुसार सिंहले बिहीबार ४ बजेर १६ मिनेटमा टंगालमा गएर राईसँग भेटघाट गरेका हुन् ।
आईजीपी सिंह चैत १० मा अवकाशमा जाँदै छन् ।

तर, उनी ३० वर्षे सेवा अवधि अटाएर आफ्नो पदावधि लम्ब्याउन लागिपरेका छन् । आयोगले प्रहरीले खरिद गरेको भिड नियन्त्रणका सामग्रीबारे अनुसन्धान गरिरहेको छ । केही दिनअघि अख्तियारले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत फाँटवाला अधिकृतहरूलाई बोलाएर बयान लिएको थियो ।

आईजीपी सिंहलाई पनि बयानमा बोलाउने तयारी भइरहेको बेला अख्तियार प्रमुखसँग उनले किन भेटे भन्नेबारे प्रश्न उठेको छ ।

एक पटक पढ्नुहोस