After header

भीषण आगलागीबाट ७ घर जलेर नष्ट

काठडमाडौ / भीषण आगलागीबाट ७ घर जलेर नष्ट भएको छ भने अझै आगो नियन्त्रणमा आएको छैन् । तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा शुक्रबार भीषण आगलागी भएको छ ।

दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । वडाअध्यक्ष कृष्ण बास्कोटाका अनुसार हालसम्म ७ वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

एक पटक पढ्नुहोस