After header

काभ्रेपलाञ्चोक जिल्लाका बचत तथा ऋण सहकारी साधारण सभा सम्पन्न

बनेपा/ काभ्रेपलाञ्चोक जिल्लाका बचत तथा ऋण सहकारी सस्थाको २५औं सााधारण सभा सम्पन्न भएको छ । २५ औं सभालाई सम्बोधन गर्दै सहकारी रजिष्ट्रार नवराज घिमिरेले सहकारीले ग्रामीण समुदायका नागरिकको जीवनस्तर उकास्न निक्कै ठूलो योगदान दिएको बताए ।

उनले तीन खम्बे अर्थनीतिमा सहकारी भएकाले सहकारीले स्थायित्व र विकासमा साझेदार बनेर अघि बढ्ने स्मरण गराए । सरकारले सहकारीको विकासमा कुनै पनि कसर बाँकी नराख्ने समेत उनले दाबी गरे ।सहकारीले आर्थिक समृद्धि गराउन भुमिका खेलेको बताउँदै समुदायमा आधारित सहकारीमा समस्या नरहेको प्रष्ट पारे । तर परिवारवाद र सहकारीको मूल्य र मान्यतालाई नटेक्ने सहकारीहरुमा समस्या भने देखिएको जानकारी दिए ।

सहकारीको विकास विना समुदायको आर्थिक र सामाजिक जीवनस्तर उकास्न नसस्कने उनको भनाई थियो । नातावाद र कृपावादमा चलेको सहकारीमा साँच्चिकै समस्या देखिएको त्यसको समाधान सबै मिलेर गर्न आवश्यक रहेको उहाँको भनाई रहेको थियो । सरकारले सहकारीको गुणस्तर कायम गराउन भुमिका खेल्ने र समस्या समाधान गराएर उत्तरदायित्व बहन गराउने बताए ।

कार्यक्रममा नेफस्कूलनका संचालक सदस्य मन्दरा मिश्रले जिल्ला बचत संघ काभ्रे नेपालकै उदाहरणीय संघ भएको बताए । सहकारीमा देखिएका बाछिटालाई हटाउन आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले सहकारी अभियानमा देखिएको समस्यालाई सबै मिलेर पार लगाउन आवश्यक रहेको बताए । अभियानलाई जोगाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताउँदै सबै अभियान्ता एकै ठाँउमा उभिएर अहिलेको सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न आवश्यक रहेको सुझाव समेत दिएका थिए ।

जिल्ला बचत संघका सल्लाहकार इन्द्र अधिकारीले सहकारीमा देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताए । शुसासन र पारदर्शीताको मान्यता भने नाध्न नहुने उनको भनाई रहेको थियो । कोषाध्यक्ष जीवन श्रेष्ठले आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए भने लेखा समितीको संयोजक शिव प्रसाद आचार्यले लेखा प्रतिवेदन पेस गरेका थिए । सो अवसरमा विन्धवासिनी साकोस, सुलभ साकोस र सक्षम साकोसलाई सम्मान समेत गरिएको थियो ।

२५० प्रारम्भिक सहकारी रहेको संघको २५ करोड सेयर पुँजी, ९२ करोड बचत, ७९ ऋण र ११ करोड आम्दानी र चार करोड ५ लाख मुनाफा कमाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ । महिला उपाध्यक्ष निर्मला श्रेष्ठले स्वागत गरेको कार्यक्रममा सचिव सुरेन्द्र पौडेलले एक बर्षको प्रगती प्रतिवेदन तथा कार्यक्रम संचालन गरेका थिए ।

साधारण सभाको बन्द सत्रले अध्यक्षले राजीनामा दिएकाले स्वीकृति गरि उपाध्यक्ष लाई कार्यबाहक दिएको र तीन महिना भित्र अध्यक्ष को निर्वाचन गर्न सभाले संचालक समितिलाई निर्देश गरेको छ । कार्यक्रम उपाध्यक्ष सागरनाथ कपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

एक पटक पढ्नुहोस