After header

उसु संघ काभ्रेको अध्यक्षमा बन्जारा र सचिव चन्द

धुलिखेल/  पुनर्गठित उसु संघ काभ्रेको अध्यक्षमा रामकृष्ण बन्जारा र सचिवमा अमरकृष्ण चन्द चयन भएका छन् । “स्वास्थ्यको लागिको खेलकुद राष्ट्रका लागी खेलकुद” नारालाई सार्थक बनाउने उद्देश्य सहित काभ्रे जिल्लामा उसु संघ पुनर्गठन भएको हो ।
पुनर्गठित संघमा बन्जारा अध्यक्ष र चन्द सचिवमा चयन भएका हुन् ।

संघका केन्द्रीय कोषाध्यक्ष शंकर भुजेलको अध्यक्षता तथा खेलकूद बिकास समिति काभ्रे जिल्ला अध्यक्ष मानविर वाईवाको प्रमुख आतिथ्यतामा २०७९ सालमा माघ १० गते बसेको बैठकले रामकृष्ण बन्जाराको अध्यक्षतामा सात सदस्यीय समिति पुनर्गठन गरेको थियो ।बन्जारको अध्यक्षतामा गठित समितीमा उपाध्यक्ष ज्ञानकुमार श्रेष्ठ, सचिव अमरकृष्ण चन्द, कोषाध्यक्ष राधिका कणेल, सह सचिव नानी बाबु तामाङ तथा सदस्यहरूमा जीबन खड्गी र प्रशान्त बन्जारा रहेका छन् ।

जिल्लामा संघ पुनर्गठन भएपछि अब उसु संघले जिल्लामा यस खेलको गतिविधि बढ्ने खेलकुद बिकास समितीका अध्यक्ष मानविर वाईवाले जानकारी दिए । त्यस्तै उसु संघका केन्द्रीय कोषाध्यक्ष शंकर भुजेलले जिल्लामा धेरै अगाडी संघ गठन भएता पनि संघ निष्क्रिय रहेकोमा अब पुनर्गठित संघको नेतृत्वले सहि ढंगबाट उसु खेलको काभ्रे जिल्लामा बिस्तार गर्ने बताए ।

जिल्लामा उसु खेलको बिकास लागी केन्द्रको भुमिका महत्वपूर्ण रहने भुजेलले बताए । त्यस्तै राष्ट्रिय खेलाडी एवम् नव गठित संघका उपाध्यक्ष ज्ञानकुमार श्रेष्ठले जिल्लामा खेलाडी छन्, प्रशिक्षक हुनुहुन्छ, त्यसलाई ब्यवस्थित गर्ने समिति नभएकालेले अब यसलाई यो समितिले अभिभावकिय भुमिका निभाउने बताए ।

नवगठित समितिका अध्यक्ष बन्जाराले काभ्रे जिल्लामा थुप्रै प्रतिभावान खेलाडी भएकोले उनीहरुलाई अवसर प्रदान गर्दै नयाँ खेलाडी उत्पादनमा संघ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

एक पटक पढ्नुहोस