सिन्धुलि/ सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २४ जना घाईते भएका छन ।
ओखलढुङ्गाबाट काठमाडौं तर्फ आउदै गरेको बा २ ख ६५९६ नम्बर बस भित्तामा ठोक्कीएर आईतबार बिहान सभा नौ बजे दुर्घटना भएको हो । मृतक पाँचै जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।
घाईतेको गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी, स्थानिय उद्धार गरिरहेका छन । बसमा २९ जना सवार रहेको जनाएको छ ।
