After header

वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीद्वारा कर्मचारी माथि हातपात

उपप्रमुख गिता बञ्जारले गरिन् ढाकछोप

पनौती/  पनौती नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकै कर्मचारीलाई उपप्रमुखकै कार्यकक्षमा हातपात गरेका छन् । अधिकारीले कार्यालय सहयोगी राजेन्द्रप्रसाद कोइरालालाई उपप्रमुख गिता वञ्जाराकै अगाडी ‘कठालो समातेका’ हुन् ।

आफूलाई दुव्र्यवहार भएको भन्दै कोइरालाले नगर प्रमुखको सचिवालय, कर्मचारी युनियनमा उजुरी दिएका छन् । ‘उपप्रमुखज्यूसंग कुरा गर्दै थिए, एक्कासी आएर कठालोमा समातेर यहाँ बस भनेर लछारपछार पार्नुभयो, सर्ट पनि तान्नुभयो, टाँक पनि खुस्किएको छ,’ कोइरालाले भने, ‘उपप्रमुखकै अगाडी दुव्र्यवहार भएपछि न्यायको लागि निवेदन दिएको छु, दोषी माथि कार्वाही हुन्छ भन्ने अपेक्षा छ ।’

अधिकारीले भने त्यसो नभएको दाबी गरे । ‘अलिकति कडा स्वरमा पाखुरा समातेर सोफामा राखेकै हो,’ उनले भने, ‘यो घटनालाई उल्टो पाल्टो गरेर दुव्र्यवहार गर्यो, कठालो समात्यो भनेर मिडियामा ल्याएको मात्रै हो, त्यो मिडियामा ल्याउनुपर्ने विषय नै हैन, छलफल भइरहेको छ ।’ घटना सामान्य दाबी गर्ने अधिकारीले नगरपालिकामा मुख देखाउन नसकेर एक महिनाको विदा लेखेपनि स्विकृत भने भएको छैन ।

उपप्रमुख गिता बञ्जाराले घटना ‘सामान्य’ भएको भन्दै ढाकछोप प्रयास गरिन् । ‘सामान्य कुरा हो, कठालो समातेको हैन, दुवै जना आवेशमा आउनुभयो, वरिष्ठ प्रशासकीय अधिकृतले सोफामा बस भनेर पाइन्ट तान्नुभएको हो, नभएको कुरा गर्नुहु“दैन, मैले देखेको त्यति हो’ उनले भनिन्, ‘पहिला दुवै जना आवेगमा आएपनि पछि सहमतिमा नै बाहिर निस्किनुभएको हो, कठालो समातेको, टा“क खसेको भन्ने विषय हैन ।’

नगर प्रमुख रामशरण भण्डारीले घटनाबारे आपूmले ढिला जानकारी पाएपनि त्यसको बारेमा छानबिन भइरहेको बताए । ‘म नगरपालिकामा नभएको बेला घटना भएछ, अन्याय भएको भन्दै निवेदन परेको छ, छानविन गरेपछि मात्रै घटनाबारे प्रतिकृया दिन सकिन्छ ।’

अधिकारी सधै विवादमा

कार्यालय सहयोगी माथि हातपातको आरोप लागेका अधिकारी नगरपालिकाभित्र सधै विवादमा परिरहने पात्र हुन् । २०५४ सालमा नगरपालिकामा सेवा प्रवेश गरेका अधिकारीले नगरपालिकामा हालिमुहाली गर्दै आएका छन् । ‘लोकल’ भएको कारण शक्ति र पहु“चका आधारमा हालिमुहाली गर्दै आएका उनले त्यसैबाट आर्थिक लाभ लिएको आरोप लाग्दै आएको छ ।

काठमाडांै विश्विद्यालयले पनौती नगरपालिकालाई दि“दै आएको मेडिकल विषयको छात्रवृतीमा सेटिङ गरी आफू अनुकुल व्यक्तिलाई छात्रवृति दिलाएर आर्थिक लाभ लिने गरेको चर्चा गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनपछि नगर प्रमुख भीम न्यौपानेलाई प्रभावमा पारेर सातौं तहका कर्मचारी अधिकारीले आठौं तहको सेवा, सुविधा लिएर अख्तियार दुरुपयोग गर्दै आएका छन् ।

३ बर्षदेखि लिदै आएको बढी सुविधा असुल उपर गर्नुपर्ने नगरपालिकाका कर्मचारी नै बताउँछन् । २०७९ सालको स्थानीय तहको निर्वाचनपछि उनी अनुकुल नेतृत्व नआएपछि अधिकारमा अंकुश लागेको अनुभव गरेका अधिकारीले कनिष्ठ कर्मचारीलाई रिस फेर्दैैैै आएका छन् ।

‘पहिला हाकिम भन्दा पनि म ठूला हो भन्दै आएका थिए, अधिकार पनि त्यही अनुसार आएका थिए, सोही आधारमा सबैलाई दबाएर राखेका थिए, अहिले त्यो सम्भव नभएपछि यो रुपमा प्रस्तुत भएका हुन सक्छन् ।’ नगरपालिकाका एक कर्मचारीले भने ।
कर्मचारीको नेतृत्वमा स्थानीय निकाय हुँदा पनि शक्तिमा नै रहेका उनले नगर क्ष्ँेत्रमा खानी दर्ता गर्दै आर्थिक लाभ लिएको चर्चा छ ।

एमालेको कोटामा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको वरिष्ठ उपाध्यक्ष रहेका उनी कानून बाझिने गरी पनौती नगरपालिकाको सहकारी रजिष्ट्रार छन् । मोटो रकम लिएर सहकारीको कार्यक्ष्ँेत्र विस्तार गरेको उनलाई आरोप लाग्ने गरेको छ ।

एक पटक पढ्नुहोस