After header

ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमका बारेमा अभिमुखीकरण सम्पन्न

धुलिखेल/  काठमाडौँ विश्वविद्यालयमा ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको बनेपामा रहेको ग्लेसियर एजुकेशनल फाउन्डेशन र काठमाडौँको बुढानीलकण्ठमा रहेको ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट) मा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रम गरि अभिमुखिकरण सम्पन्न गरेको छ ।

कार्यक्रममाको उद्घाटन गदै काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.भोला थापाले ‘देशका विश्वविद्यालय भित्र भइरहेका गतिविधि र विद्यार्थीहरु विदेशिने क्रम रोक्न सकिएन बताउदै यसमा हामी सबै दोषी रहेको बताए । नेपालमा गुणस्तरीय शिक्षा दिने विश्वमै चिनिएको काठमाडौँ विश्वविद्यालय जस्ता थुप्रै शैक्षिक संस्था हुँदा हुँदै विद्यार्थी पलायन भईरहेको भन्दै ‘यो जिम्मेवारी कुनै एउटा संस्था र व्यक्तिको मात्रै नभई यसमा जिम्मेवार तपाई हामी सबैले लिनु पर्ने बताए ।

काठमाडौँ विश्वविद्यालयबाट दीक्षित भएका ४० हजार विद्यार्थीहरु मध्ये देश बाहिरका १३ प्रतिशत अर्थात् ६ हजार भन्दा धेरै भएको उपकुलपति डा. भोला थापाले बताए । ‘नेपालका लागि मात्रै होइन, हामी विश्वकै लागि आवश्यक जनशक्ति शिक्षासँग सिप सहितका उत्पादन गरिरहेका छौँ’–उपकुलपति डा. भोला थापाले भने ।

‘१२ कक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाल र नेपालका विश्वविद्यालयका बारेमा समेत जानकारी हुन छाडेको छ समेत उनले कार्यक्रममा प्रष्ट भने । हामी कस्तो शिक्षा दिइरहेका छौँ ? हामीले दिएको शिक्षाले बालबालिकाहरुको भविष्य कस्तो बनिरहेको छ ? देशको समग्र शिक्षा अवस्था र हामीले उपलब्ध गराएको शिक्षाका बारेमा विश्लेषण गरिनु पर्छ, उनले भने ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा अच्युत वाग्लेले काठमाडौँ विश्वविद्यालयले सिपसँगै शिक्षा भन्ने अभियानका साथ हरेक कार्यक्रमहरुलाई व्यवहारिक शिक्षासँगै जोडिरहेको बताए । नेपालमा पर्यटनको सम्भावना र पर्यटनकै माध्यमबाट मुलुकको विकास सम्भव भएकाले ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा ग्लेसियर एजुकेशनल फाउन्डेशन बनेपाका अध्यक्ष भोला थापाले व्यापारिक र शैक्षिक नगरीका रुपमा चिनिन थालेको बनेपामा पहिलो पटक काठमाडौँ विश्वविद्यालयसँगको शैक्षिक साझेदारीमा बेलर इन्टरनेशनल एकेडेमी विद्यालयमा ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी (विपीएच) कार्यक्रम सञ्चालन गरिएको बताए ।

होटल ब्यवसायहरु फस्टाउँदै गए पनि पर्यटकीय नगरी धुलिखेल तथा आसपासका क्षेत्रमा स्नातक तह उर्तिण गरेको जनशक्ति आवश्यक हुँदा थप शिक्षा आर्जन गर्न राजधानी जानु पर्ने बाध्यताको अन्त्य गर्न तथा विद्यार्थीहरुलाई सहज र सुलभ शिक्षा प्रदान गर्न काठमाडौँ बिश्वबिद्यालयको स्वीकृत शैक्षिक कार्यक्रम अन्तर्गत रही ग्लेसियर एजुकेशनल फाउन्डेशनले शैक्षिक सत्र २०२१÷०२२ देखी ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रम सुरु गरेको थापाले जानकबारी दिए ।

कार्यक्रममा मेरिटका रुपेश श्रेष्ठ, कुसमका आशा थापा मगर लगायतले काठमाडौँ विश्वविद्यालयको साझेदारीमा सुरु गरिएको ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रम प्रभावकारी भएकाले विद्यार्थीहरुलाई शिक्षासँगै सिप र अवसर प्रदान गर्न सकिएको बताए ।

एक पटक पढ्नुहोस